
धनगढी,१९ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन।
मुख्यमन्त्री शाहले बिहीबार नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरेका हुन।मुख्यमन्त्री शाहले आज मन्त्रीपरिषद् हेरफेर भएको जानकारी गराए। केहि समयअघि मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए।
मन्त्री चौधरीले आफूले राजीनामा दिनुको कारण मुख्यमन्त्री खुलाउनु पर्ने नभए बर्खास्त गर्न चुनौती दिएका थिए। मन्त्री चौधरीले राजीनामा नदिएपछि आज मुख्यमन्त्री शाहले उनलाई बर्खास्त गरेका हुन्।