कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरेर विश्वासघात गरियो :नेता डा.शेखर कोइराला

  • काठमाडौँ,१७ असार । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले निजामती विधेयकमा छेडखानी गर्नु विश्वासघात भएको बताएका छन् ।
    काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधेयकमा कुलिङ पिरियड हटाउने कुरा जसले गरेको भए पनि क्षम्य नहुने बताए । उनले थपे, ‘संसदीय समितिबाट एउटा कुरा पास हुन्छ, पास भइसकेपछि त्यसलाई तोडेर अगाडि लाने ? जसले गरेको भए पनि त्यो क्षम्य हुन सक्दैन । हामी सांसदहरूको पनि कमीकमजोरी छ, हामीले पनि पढ्नुपर्थ्यो । पढ्ने बानी त हाम्रो पनि छैन । पहिल्यै थियो कि लास्टमा बाँड्ने क्रममा थपिएको हो कि ?’
    नेता कोइरालाले देशको राजनीतिक, सांस्कृतिक, धार्मिक, आर्थिक अवस्था ठिक नभएको बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation