अमेरिकाबाट डिपोर्ट भएर आइतबार ३७ नेपाली नागरिक काठमाडौं आइपुगे

  • काठमाडौं २५ जेठ । संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट भएर आइतबार ३७ नेपाली नागरिक काठमाडौं आइपुगे । अमेरिकाबाट निष्कासित हुनेमा ३२ पुरुष र ५ महिला छन् ।
    उनीहरूलाई अमेरिकाले चार्टर्ड विमानमा डिपोर्ट गरेर काठमाडौं फर्काएको हो । अमेरिकाको एरिजोना र हवाई हुँदै बङ्गलादेशको ढाका ट्रान्जिट भएर उनीहरू नेपाल आइपुगेका हुन् । काठमाडौं ल्याएलगत्तै मानवबेचबिखन अनुसन्धान ब्यूरोले उनीहरूसँग प्रारम्भिक सोधपुछ गरेर सूचना संकलन गर्ने तयारी गरेको छ ।ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार, उनीहरूलाई अवैध रुपमा विदेश पठाउने व्यक्तिबारे सूचना लिने उद्देश्यले सोधपुछ गर्न लागिएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation