काठमाडौँ ,२३ जेठ। नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लि(वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । यस्तै महासचिव गणेश शाही चयन भएका छन् । अन्य पदमा घोषणा हुन बाँकी रहेको वाईसीएलका एक नेताले खबर खातालाई बताए ।












