लुम्बिनी मन्त्रिपरिषद् बैठक : निजामती सेवा नियमावली परामर्शका लागि लोक सेवामा पठाइने

  • दाङ-लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक सोमवार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ प्रदेश लोक सेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ ।
    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरिएको थियो । सोही प्रस्तावको आधारमा बैठकले उक्त नियमावली प्रदेश लोक सेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरिएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation