
काठमाडौँ ,९ जेठ ।। राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० सभापति रवि लामिछानेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए । सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने थुनामा परेका थिए । उच्च अदालतले त्यतिबेला जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो । उनलाई गैरकानूनी थुनामा राखेको भन्दै लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले लाामिछानेलाई रिहा गर्न अस्वीकार गरेको हो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए ।