
भैरहवा, ७ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशन अनुदानमा धानको बीउ वितरण गरेको छ । नगरप्रमुख (मेयर)इश्तियाक अहमद खाँले एक कार्यक्रमकाबीच कृषकहरुलाई साभा मन्सुली, साभा मन्सुली सव १, हर्दिनाथ ६, रामधानको उन्नत बीउ वितरण गर्नुभएको हो ।
नगर प्रमुख एवं सविधान सभा सदस्य इश्तियाक अहमद खाँले एक कार्यक्रमका बीच कृषकहरुलाई साँवा मन्सुली, साँवा मन्सुली सव १, हर्दिनाथ ६, रामधानको उन्नत बिउ बितरण गरेका हुन् । उन्नत विउको प्रयोग गरि उत्पादन बढाउने उद्देश्यले धानको बिउ बितरण गरिएको उनले बताए ।नगरबाट कृषकहरुको मागको आधारमा बिउ वितरण हुँदै आएको छ । नगरपालिकाले सिजन अनुसार धान, गहुँ, तरकारी लगायतका विउ र कृषि उपकरणहरु कृषकहरुलाई उपलब्ध गराउँदै आएको छ