बुटवलमा युवतीमाथि गोली प्रहार

  • बुटवल ६ बैशाख । रुपन्देही बुटवल उपमहानगरपालीका बुद्धनगरमा आज एक युवती माथि गोली प्रहार भएको छ। बुटवल ११ बुद्धनगरमा बस्दै आएकी टिका बिष्ट क्षेत्री माथि गोली प्रहार भएको हो ।
    उनको कम्मर माथि गोली लागेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । रैनादेवी छहरा घर भई बुटवल ११ बुद्धनगर बस्ने बिष्ट माथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए । केहि दिनअघि एकजना भारतीय युवकसँग विवाद भएको जनाउँदै स्थानीय प्रत्यक्षदर्शीले भारतीय युवकले नै गोली हानेको हुनसक्ने आशंका गरेको बताए ।गोली प्रहारमा संलग्नको खोजी भैरहेको प्रहरीले बताएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation