 
                    बुटवल २५ चैत। केरुङ्गेली समाज रुपन्देहीले नया बर्ष २०८२ को क्यालेण्डर बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
अर्घाखाँची जिल्ला साविकको केरुङ्गा गाउँ विकास समितिमा जन्म भई रुपन्देही र आसपासमा स्थायी तथा अस्थायी बसोबास गर्दै आएका केरुङ्गेलीहरुका बीचमा आपसमा सुख दुख साटासाट गर्ने र समस्यामा आवश्यक सहयोग पुर्याउने उद्देश्यले २०५७ मा केरुङ्गेली समाज स्थापना भएको हो।
कार्यक्रममा सस्थाका सल्लाहकार ओेमप्रकाश श्रेष्ठले समाजले विगतदेखि नै रचनात्मक र सिर्जनशिल कार्यक्रम गर्दै आएकोमा यसको निरन्तरता सहित नयाँ कार्यक्रम गर्नका लागि शुभकामना दिए।
संस्थाका सल्लाहकार खेमराज खनालले रुपन्देहीमा यस्तो प्रकृतिको सस्था पहिलो रहेकोले यसले अन्य समाजको समेत अभिभावकिय जिम्मेवारी वहन गर्दै सबैलाई मानवीय सेवामा लाग्नकालागि कार्यक्रम बनाउन आग्रह गरे।
सल्लाहकार नवराज खनाल, जीवनप्रकाश पाण्डे, बावुराम पाण्डे लगायत सम्पूर्ण कार्यसमिति परिवारले एक आपसमा शुभकामना आदानप्रदान गरका थिए।सस्थाका अध्यक्ष यज्ञमूर्ति पाण्डेले केरुङ्गा अर्घाखाँचीबाट रुपन्देही र आसपासको भूगोलमा बसेका र समाजको सदस्यता नलिएका सबैलाई यस समाजमा जोड्ने अभियानमा लाग्नका लागि अनुरोध गरे।कार्यक्रम वरिष्ठ उपाध्यक्ष सालिकराम खनालको स्वागत एवम् सचिव शोभाखर पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो।

 
 
						








