सुनको मूल्य हालसम्म उच्च

  • काठमाडौँ २१ चैत । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ८० हजार नाघेको छ । हालसम्मको सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो । यस आधारमा बिहीबार छापावाल सुनको मूल्य १ हजार २०० रुपैयाँ बढेर हालसम्मकै उच्चबिन्दुमा पुगेको हो ।
    चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation