इन्दे्रणी सहकारीमा क्षमता तथा नेतृत्व विकास कार्यक्रम

  • बुटवल १९ चैत। । रुपन्देहीको बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यको क्षमता विकास गर्ने उद्देश्यले नेतृत्व विकास कार्यक्रम गरेको छ । इन्द्रेणीका सदस्यहरुलाई सहकारीको पछिल्ला आयामहरु, सिद्धान्त, ऐन र कानुनका विषयमा जानकारी गराउने उद्देश्यले सहकारीले क्षमता तथा नेतृत्व विकास कार्यक्रम गरेको हो । ६८औं राष्ट्रिय सहकारी दिवस तथा आफ्नो ३० औं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा सहकारीका झण्डै तीन दर्जन सदस्यहरुलाई सहकारी शिक्षाका बारेमा सहजिकरण गरिएको हो ।
    सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेश प्रमुख नारायण बेल्बासेले सहकारीमा सदस्यको भुमिका, सहकारीका सिद्धान्त, सहकारीमा सदस्यले गर्न हुने नहुने र सहकारीको विकासकालागि बनाउने योजनाका बारेमा सहजिकरण गर्नु भएको थियो । सहकारीका उपाध्यक्ष माया गौतमको स्वागतमा भएको कार्यक्रमको उद्घाटन गर्दै इन्द्रेणी सहकारीका संरक्षक भुपाल कुमार श्रेष्ठले सहकारीलाई जोगाउन सदस्य केन्द्रीत कार्यक्रमसँगै सदस्यहरुबीचमा सहकार्य आवश्यक रहने बताए । कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष धुर्वकुमार धिताल, पुर्वअध्यक्ष शिवलाल राना, सचिव नरबहादुर रजालीलगायतले सहकारीमा सदस्यहरुले सहकारीकै सिद्धान्त अनुसार कार्यसम्पादन गरेमा सहकारीमा कुनै पनि समस्या नदेखिने बताए । सहकारीले समयसमयमा सदस्य केन्द्रीत सहकारी शिक्षा कार्यक्रमसँगै सहकारीले उत्पादनमुलक क्षेत्रमा पनि लगानी गरेको छ । सुरुमा सदस्य केन्द्रीत लघुवित्त कार्यक्रम संचालन गरेको गएको वर्षदेखि विद्युतीय सवारीकालागि इलेक्ट्रिक फाष्ट्रिङ चार्जिङ स्टेशन संचालनमा ल्याएको छ भने गत महिनामात्रै दुग्धजन्य पदार्थका उत्पादन विक्रि वितरणका लागि दुध विक्रि सेवा केन्द्र समेत संचालनमा ल्याएको ब्यवस्थापक बाबुराम अर्यालले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation