
बुटवल (बुटवल टुडे) चैत । राष्ट्रिय सहकारी दिवसको अवसरमा बुटवल उपमहनारपालिका वडा नम्बर २ मैनावगरमा रहेको दीर्घकालीन बचत तथा ऋण सहकारी संस्थामा सहकारी सचेतना तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
संस्थाका सचिव तथा शिक्षा उप समतिका संयोजक टिकाराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष हिक बहादुर दर्लामी मगर को प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहकारीका प्रमुख सल्लाहकार रणकुमार श्रेष्ठ, लेखा सुपरिवेक्षण समितिका संयोजक गौतमलाल शाक्य, सल्लाहकाररु खेम प्रसाद गौतम, पुनम रजाली, महेश पोखरेल, हेम बहादुर थापा लगायतको आतिथ्यता रहेको थियो । यस्तै संस्था उपाध्यक्ष सिता जोशी, कोषाध्यक्ष दिपक खड्गी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष हिक बहादुर दर्लामीले सहकारीले आफ्नो नीति तथा नियम अनुसार सञ्चालन भएमा कुनै पनि समस्यामा समस्यामा नपर्ने बताएका थिए ।
कार्यक्रममा खेमराज पाण्डेले सहकारीको मुल्य मान्यता, सहकारीका उदेश्य सहित सहकारीबाट गर्न सकिने विभिन्न उद्यमशिलताको विषयमा प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा उप समितिका सदस्य विजयरत्न शाक्यले गरेका थिए ।