
बुटवल १ चैत । लायन्स क्लब अफ बुटवल स्टार्सले होली मिलन समारोह गरेको छ । बुटवल सुन्दरनगर आफ्नो सचिवालयमा ‘वार्षिक कार्ययोजना अन्तर्गत होली मिलन कार्यक्रम आयोजना गरिएको हो । लायन्स क्लब अफ बुटवल स्टार्सले सामाजीक क्षेत्रमा बार्षिक ६० लाख बाराबरका सामाजिक योगदान गर्दै आएको अध्यक्ष भुपेन्द्र अर्यालले बताए । उनले क्लब प्रतिको माया, स्नेह र ममताका कारणले आज हामी यहाँ होली मिलन समारोहमा उपस्थित भएको बातए। क्लबलाई अझ अगाडि बढाउन एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको संस्थापक अध्यक्ष तथा लायन्स इन्टरनेशनल जिल्ला परिषद ३२५ पि का द्धितिय भ्वाइस गर्भर संन्दिप कसौधनले होली पर्वले आपसी सद्भाव र धार्मिक सहिष्णुता प्रवद्र्धन गर्दै आएको उल्लेख गरे । उनले नेपालमा मनाउने चाडपर्वको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तथा जिएसटि कोडिनेटर आशिष कृष्ण श्रेष्ठले होली पर्वले सामाजिक एकता मजबुत पार्ने उल्लेख गर्दै सामाजिक एकताको माध्यमका रूपमा यसको भूमिका महत्वपूर्ण रहेको बताए । क्लबका पूर्व अध्यक्ष तथा जिएमए एमएल पाण्डेले होली पर्वले नेपालीहरूलाई साँस्कृतिक एकताको सूत्रमा बाँध्ने काम गरेको बताए ।
त्यतै होली मिलन समारोमा पूर्व अध्यक्ष सुशिल पाण्डे, विजय बर्नवाल ,निवर्तमान अध्यक्ष रिन्कु लिगल लगाएत क्लबका सदस्यहरुको उल्लेखेनिय सहभागिता रहेको थियो ।
कार्यक्रम संयोजक एवं संस्थापक सदस्य कमलेश कसौधन को स्वागत तथा क्लबका सचिव राम बहादुर शाही सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।