काँग्रेस रूपन्देही–१ ले तोक्यो मातहतका समितिको सम्मेलन

  • बुटवल, २८ फागुन – नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर–१ क्षेत्रीय समितिले वडा, पालिका, प्रदेश क्षेत्रीय समिति र क्षेत्रीय समितिको सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टीलाई प्रजातान्त्रिक धारबाट कत्ति विचलित नगर्ने गरि क्षेत्र मातहत रहेका सबै समितिहरुको सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको जनाइएको छ । पार्टीको क्षेत्रीय समिति मातहतका समितिका सम्मेलनहरु भब्य रुपमा सम्पन्न गर्ने गरि तालिका बनाउन बसेको क्षेत्रीय समितिको बैंठकले क्रियाशिल नवीकरणको मिति समेत टुङ्गाएको क्षेत्रीय सभापति हिराबहादुर खत्रीले जानकारी दिए ।
    क्षेत्रीय सभापति खत्रीका अनुसार निर्धारित समयमै वडा सम्मेलन र पालिका सम्पन्न गरेका रोहिणी र ओमसतियालाई धन्यवाद दिँदै अन्यको मिति समेत सार्वजनिक गरिएको छ । यस्तै क्रियाशिल सदस्यता नवीकरणका लागि क्षेत्र मातहत रहेका हरेक वडाले यहि चैत्र ७ गते भित्र, पालिकाले ११ गते भित्र, प्रदेश क्षेत्रीय समितिले १६ गते भित्र र क्षेत्रीय समितिले २५ गते भित्र आफूभन्दा माथिल्लो निकायमा बुझाउने गरि निर्णय गरिएको सभापति खत्रीले बताए ।
    उनले पार्टीको बिधान अनुरुप सम्पन्न गर्नु पर्ने सम्मेलन चैत्र ९ गते भित्र पालिका र मातहत रहेका सबै वडा, चैत्र १६ गते भित्र प्रदेश क्षेत्रीय समिति र चैत्र २३ गते भित्र क्षेत्रीय समितिको सम्मेलन्न सम्पन्न गर्नु पर्ने बताए । बैठकमा पार्टीकातर्फबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिको लेबिका सम्बन्धमा पनि छलफल भएको उनले जानकारी दिए । यसैबीच सोही बैंठकको अवसर पारेर काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले नेतृत्व गरेको तिलोत्तमा नगर सरसफाई र हरियाली प्रवद्र्धनमा नागरिक सहभागिताको असल अभ्यासमा बिश्वमै ४० औं उत्कृष्ट पालिका हुन सफल भएकोमा क्षेत्रीय समितिले बधाई तथा शुभकामना ब्यक्त गरेको छ । क्षेत्रीय समितिले तोकिएको मितिमा क्षेत्रीय समिति मातहतका सबै समितिहरुले बैठकहरु र सम्मेलन सम्पन्न गर्न आग्रह समेत गरेको छ ।
    बैठकमा केन्द्रिय सदस्य अब्दुल रज्जाकले पछिल्लो घटना क्रमले धमिलो पानीमा माछा मार्न खोज्नेहरु सक्रिय हुन खोजेको उल्लेख गर्दै यस्तो अवस्थामा कांग्रेस र कांग्रेसका सदस्यले थप संगठित भएर काम गर्नु पर्ने बताए । उने क्षेत्रीय समितिको निर्णयले तोकेको समयसिमा भित्र क्रियाशिल सदस्यता नबिकरण र बिधान बमोजिम सम्पन्न गर्न पर्ने सम्मेलन सम्पन्न गर्न समेत निर्देशन दिए ।

    बैंठकमा जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख खाँणले काँग्रेसलाई सबैको पार्टी बनाउन आवश्यक भएकाले तल्लो तहसम्मका क्रियाशिल सदस्यको मन जित्नेगरि काम गर्न सुझाव दिए । काँग्रेसले नागरिकको भावना बुझ्न सक्ने भएकाले पार्टीको मर्म र भावना अनुसार काम गर्न क्षेत्रीय, नगर र वडा सभापतिहरुलाई आग्रह गरे ।

    बैठकमा तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, देबदह नगर उपसभापति अमर लामिछाने, रोहिणी सभापति पारसनाथ योगी, ओमसतिया सभापति भगवानप्रसाद चौधरी, जिल्ला सहसचिब बासुदेव रिमाल, जिल्ला सदस्य डिल्लिराज मरासिनी, तोलाकान्त बस्याल, नेता बिश्वनाथ यादव लगायतले पार्टीलाई अझ मजबुद बनाउनु आजको आवश्यकता रहेको उल्लेख गर्दै क्षेत्रीय समितिले तोकेको मितिमै मातहतका समितिले निर्वाचन सम्पन्न गर्न आग्रह गरे ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation