प्रेम सम्बन्धको विषयलाई लिएर उत्पन्न विवादमा झडप हुँदा नवलपरासीमा २० जना घाइते

  • परासी ,१३ फागुन । नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउपालिका वडा ३ बेलासपुरमा प्रेम सम्बन्धको विषयलाई लिएर उत्पन्न विवादमा झडप हुँदा नवलपरासीमा २० जना घाइते भएका छन् ।
    मंगलबार प्रेम सम्बन्ध राखेका केटा पक्ष र केटी पक्षबीच झडप भएको हो । झडपका क्रममा केटा पक्षको समूहले केटी पक्षका आफन्तको कवार्ड गोदाममा समेत आगजनी गरी ध्वस्त बनाएका छन् ।
    धोवी थर भएका केटासँग भएको प्रेम सम्बन्धको विषयलाई लिएर विवाद भएको हो । सोमबार साँझ केटाका भाइ काम विशेषले बेलासपुर आउँदा मोहरमका छोरा सोवराती पवरियासहितको समूहले कुटपिट गरेपछि विवादले उग्ररुप लिएको स्थानीयले बताएका छन् ।
    मंगलबार कुटपिटको कारण सोध्दै बिहान केटा पक्षका समूह मोहरमको घरमा पुगेपछि दुई समूहबीच झडप सुरु भएको हो । केटी पक्षले घरको छतमाथिबाट ढुंगा हान्ने र केटा पक्षले तलबाट ढुंगा प्रहार गर्न सुरु गरेका थिए ।
    गाडीको ठक्करबाट दुईजना घाइते भएका छन् । घाइतेमध्ये केटा पक्षका विजय धवलको अवस्था चिन्ताजनक रहेको छ । केटापक्षकै ४५ वर्षीय बैजनाथ प्रसाद लोनियाको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए । दुईजनाको भैरहवा सिटी अस्पतालमा उपचार भइरहेको छ । आक्रोशित समूहले इलाका प्रहरी कार्यालय महेशपुरको गाडीमा आगजनी गरी ध्वस्त बनाएका छन्
    स्थिति नियन्त्रण लिन ५ राउण्ड अश्रु ग्याँस र ३ राउण्ड हवाई फायर गरेको र झडपका क्रममा अन्य ३ जना सर्वसाधारण पनि घाइते भएका छन् । घाइते हुने अन्यमा इन्स्पेक्टरसहित ११ जना नेपाल प्रहरी र चारजना सशस्त्र प्रहरीका रहेका छन् । टाउको र छातिमा चोट लागेका उनीहरूको अवस्था सामान्य अवस्था रहेको छ। उनीहरूको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
    आगजनीमा संलग्न भएका चार महिलासहित ५ जनालाई पक्राउ गरिएको र अन्य खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलको अवस्था सामान्य रहेको सुचना अधिकारी थापाले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation