
फागुन ,११ । रुपन्देहीको बुटवल उपमहानगरपालिका-१६ स्थित ऐतिहासिक नरेश्वर बोलबम धाम नरैनापुर मन्दिरमा हिन्दूहरुको महान् पर्व शिवरात्रीको अवसरमा फाल्गुण १४ गते देखि २२ गते सम्म, बुटवल १६ नरैनापुर धाम महाशिवरात्री पौराणिक मेला सुरु हुने।सो मन्दिरको ऐतिहासिकता बारेमा पत्रकार सम्मेलन गरि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुर्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
पुखदिखि लागिरहेको मेला बुधबार देखि सुरु हुने भएको छ। यस मन्दिरको स्थापना १८५१ मा भएको र मन्दिरको निर्माण २००१ मा भएको ऐतिहासिक मन्दिरमा हरेक वर्ष शिवरात्रीमा र साउन महिनामा दर्शनार्थी हरुको पुइँचो लाग्ने गरेको र यस क्षत्रकै सबैभन्दा पुरानो ऐतिहासिक मन्दिर रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुर्ण प्रसाद पौडेलले बताउँदै यस मन्दिरलाई एउटा पर्यटन स्थलको रुपमा बनाउन प्रदेश सरकार स्थानीय सरकारले गुरुयोजना बनाएको पौडेलले बताउनुभयो।मेलामा विभिन्न बाल उत्थान भ्यु टावरबाट मेलाको अवलोकन गर्न समेत रहनेछ।र मेलाको नजिकै बैठुलिया कपरकट्टी मिनी फेवातालमा स्टिमर ढुङ्गा रहेको र राष्ट्रिय तथा स्थानीय कलाकार हरूको बेजोड प्रस्तुति र मेलाको ऐतिहासिक रुपमा अत्यन्तै बिक्री हुने माटोको भुड्की, प्रसादमा
बयेर,विभिन्न परिकारका मिठाईहरु रहेको मन्दिर व्यवस्थापन समितिका सचिव तुलबहादुर चौधरीले बताउनुभयो ।