कार्यपालिका बैठकमै वडाध्यक्षले गरे शिक्षा प्रमुखमाथि हातपात

  • बुटवल, ५ फागुन । रुपन्देहीको रोहिणी गाउँपालिकाको कार्यपालिका बैठकमै वडा नं २ का अध्यक्ष करम हुसेन खानले शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरे माथि हातपात गरेका हुन् ।
    घिमिरेमाथि हातपात भएको कर्मचारीहरूको भनाइ छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरूले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नहुँदासम्म काममा नफर्कने समेत अडान लिएका छन् । रोहिणी गाउँपालिका रुपन्देहीको कार्यालयमा कार्यपालिका बैठक सञ्चालन भइरहेको अवस्थामा घिमिरेमाथि हातपात भएको जनाइएको छ ।
    घिमिरेले वडाध्यक्ष खानले हातपात गरेको आरोप लगाएका छन् । यता वडाध्यक्ष खानसँग खबरखाता सम्पर्क गर्न खोज्दा मोबाइल फोन अफ रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation