
बुटवल, २९ माघ । लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजानमा खानाखुलायको छ । संस्थापक सदस्य मानबहादुर श्रेष्ठको जन्मदिनको अवसरमा बुटवल देविनगर स्थीत नेपाल अपाङ्ग आश्रममा रहेका व्याक्तिहरुलाई सहयोग प्रदान गरिएको हो । संस्थाको माग अनुसार करिव ३० हजार बराबर खाद्यान्न, तथा खाना खुलाई हो । कार्यक्रममा लायन्स ईन्टनेशनल डिष्ट्रिक ३२५ पीका गर्भभर पुरुशोत्तमभक्त प्रधानांङ्ग लायन्स क्लव अफ बुटवल स्टार्स का अध्यक्ष भपेन्द्र अर्यालल लगायतले आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा बोल्दै लायन्स ईन्टनेशनल डिष्ट्रिक ३२५ पीका गर्भनर पुरुशोत्तमभक्त प्रधानांङ्गले लायन्सको विश्वव्यापी अभियान हंगर रिलिफ अन्र्तगत अभियान स्वरुप यो कार्यक्रम आयोजना गरिएकोमा लायन्स स्टार्सलाई धन्यबाद दिएका थिए । कार्यक्रममा बोल्ने अतिथिहरुले लायन्स क्लव स्टार्सले लामो समय देखि विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आएकोमा प्रंशसा समेत गरेका थिए । साथै लायन्स बुटवल स्टार्सले अक्षकोष स्थापना गरेको छ । अक्षकोषमा क्लबका अध्यक्ष भुपेन्द्र अर्यालले आफ्नो जन्मदिनको अवसमा ११हजार १सय ११ रुपैया जम्मा गरेका थिए । त्यतै क्लबका संस्थापक सदस्य मानबहादुर श्रेष्ठले आज आफ्नो जन्मदिनमा ५ हजार ५ सय ५५ रुपैया जम्मा गरेका छन ।