
काठमाडौँ २८ माघ। संघीय संसद भवनमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले खगेन्द्र सुनुवार लाई नियन्त्रणमा लिएको छ ।
दलितको लागि दलित अभियानका अभियन्ता सुनुवार मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेर बानेश्वर वृत्तमा लगेको छ ।
निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले खबरखाता लाई बताए ।