स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४१ घाइते

  • काठमाडौं ,२७ माघ ।  काठमाडौंको दक्षिणकाली नगरपालिका ४ फर्पिङमा स्कुल बस दुर्घटना भएको छ।प्रहरीका अनुसार आइतबार दिउँसो साढे ३ बजे जुनकीरि इंग्लिस बोर्डिङ स्कुलको बा १ क ५६६४ नम्बरको बस अनियन्त्रित भईसडकबाट सय मिटर तल खसेको हो।
    दुर्घटनामा परी बसचालक ३५ वर्षीय रामकृष्ण थापामगर र दक्षिणकाली नगरपालिका(४ घर भएका बिद्यार्थी ८ वर्षीय विपीन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
    उनकाअनुसार चालक थापामगरको नगर अस्पताल दक्षिणकालीमा र विद्यार्थी श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।दुर्घटनामा ४१ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको बयोधा, तीन जनाको नगर अस्पताल दक्षिणकाली, पाँच जनाको कीर्तिपुर अस्पताल, तीन जनाको सहिद अस्पताल, १२ जनाको ट्रमा सेन्टर, सात जनाको मेडिसिटी अस्पताल, पाँच जनाको मनमोहन अस्पताल र एक जनाको नर्भिक अस्पतालमा उपचारभइरहेको छ। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको उपरीक्षक बोहराले बताए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation