परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार मोहन चापागाईंलाई

  • बुटवल, २५ माघ । प्रेस चौतारी नेपाल, रुपन्देही को यही माघ २८ गते हुने संगठनको आठौं जिल्ला अधिवेशनको दिन संगठनका पूर्व जिल्ला अध्यक्ष एवं पूर्व केन्द्रीय उपाध्यक्ष मोहन चापागाईंलाई परमानन्द खरेल स्मृति पत्रकारिता उक्त पुरस्कार प्रदान गरिने प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त पुरस्कार प्रदान गर्नेछन् ।चौतारीले यसअघि गठन गरेको पुरस्कार छनोट समितिको सिफारिस अनुसार उक्त पुरस्कार दिने निर्णय गरिएको हो । चापागाईं सामुदायिक रेडियो प्रसारक संघका पूर्वअध्यक्ष समेत हुन् । उनले सामुदायिक रेडियोहरुको संस्थागत विकासमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।त्यस्तै प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट भैरहवाका शंकर प्रसाद पाण्डे पुरस्कृत हुने भएका छन् । संगठनका केन्द्रीय सदस्य रहेका उनी रुपन्देही एफएमको स्टेशन म्यानेजर हुन् ।

    सोही क्रममा दुर्गा खनाल स्मृति पत्रकारिता पुरस्कारबाट रुपन्देहीको देवदहका गोविन्द घर्तीलाई पुरस्कृत गर्ने निर्णय गरिएको जिल्ला अध्यक्ष पौडेलले जानकारी दिए । बैठकले संगठनको आठौं जिल्ला अधिवेशनलाई भव्यतापूवर्क सफल बनाउने निर्णय पनि गरेको छ । अधिवेशनको अवसरमा संगठनले प्रकाशन गरेको चौतारी सन्देश नामक स्मारिकाको समेत विमोचन गरिने जिल्ला सचिव केशव भण्डारीले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation