
बुटवल,१७ माघ । देवदहमा आयोजित देवदह जेसीजको १० औं पदस्थापन समारोहलाई सम्बोधन गर्दै युवा नेता नैनसिंह महरले युवा उद्यमशिलतामा जोड दिँदै विदेश पलायन भईरहेको लहरलाई रोक्दै त्यसरी रोकिएका युवालाई उद्यमको लागि पुँजी तथा रोजगारीका लागि सीप विकासमा सरकारले ध्यान दिनुपर्ने बताएका हुन ।उनले पछिल्लो समय विश्वमा भईरहेको आईटिको विकासलाई देखाउँदै आईटिको विकासमा धेरै सम्भावना रहेको र विश्वमा भईरहेको आईटिको विकासलाई पछ्याउन मात्रै सक्ने हो भने पनि हामीले धेरै अवसर लिन सकिन्छ ।’ महराले–‘आईटिमा धेरै सम्भावना छ, आईटिको विकासको लागि सरकारले व्यवस्था मिलाईदिनुपर्छ । आईटि सम्बन्धि उद्यमशिलता विकासमा लाग्नको लागि युवाहरुलाई आग्रह पनि गरे ।
त्यसैगरी नेपाली काँग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालले पनि युवा उद्यमशिलतामा जोड दिँदै जेसीजले पनि युवा उद्यमशिलतालाई प्रवद्र्धन गर्नुपर्ने बताए । हालै सम्पन्न देवदह जेसीजको अधिवेशनले दीपक अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । जसको कार्यकारिणी उपाध्यक्षमा विजय सापकोटा, अनिल पराजुली, उपाध्यक्षमा आदर्श पराजुली, गोविन्द पराजुली, पविन्द्र मल्ल र पवित्रा जैसी तथा सहकोषाध्यक्ष आदर्श देवकोटालाई चयन गरिएको थियो । त्यस्तै अध्यक्षले मनोनित गर्ने कानुनी सल्लाहकारमा प्रकाश कंडेल, महासचिवमा कमला अर्याल र कोषाध्यक्ष पदमा दुर्गा डुम्रेलाई मनोनित गरिएको छ ।