आजबाट बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजना सुरु

  • बुटवल,११ माघ । बुटवलदेखि -गोरूसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन् । सडक शिलान्यासको क्रममा प्रधानमन्त्री ओलीले आजको दिन पाल्पा ,रूपन्देही र कपिलबस्तुको लागि मात्र नभएर देशकै महत्वपूर्ण र ऐतिहासिक दिनको रूपमा रहेको बताए ।
    सिलान्यास कार्यक्रमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले यातायात क्षेत्र विकासको प्रमुख आधार भएकोले सरकारले सडक निर्माणलाई प्राथमिकता दिएर अगाडि बढाएको बताए । उनले राजनीतिक अस्थिरताको कारण नेपालका विकास आयोजना समयमा सम्पन्न नहुने गरेको कारण राष्ट्रिय राजनीतिको आवश्यकताले वर्तमान सरकार गठन भएको बताए । त्यतै कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बुटवलदेखि गोरूसिङ्गेसम्मको सडक निर्माणमा कुनै पनि ढिलाइ नगरी निर्माण गर्न निर्माण व्यवसायलाई आग्रह गरे । उनले बुटवल(नारायणगढ सडकबाट पाठ सिकेर त्यस्तो गल्ती नदोहोर्‍याउने गरी निर्माण गर्न आग्रह गरे। कार्यक्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल(नारायणगढ सडक निर्माणमा ढिलाइ भए पनि सिद्धबाबा सुरूङमार्ग र बुटवल(गोरूसिङ्गे सडकखण्डको स्तरोन्नतिको काम समयमै सम्पन्न हुने बताए। पहिलो चरणमा बुटवलदेखि गोरूसिङ्गेसम्मको सडक निर्माण भएपछि दोस्रो चरणमा गोरूसिंगेबाट चन्द्रौटासम्मको १९ किलोमिटर सडक निर्माणको काम अगाडि बढाइने छ ।
    बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरूसिङ्गेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरी सडक निर्माणको लागि ल्याब, क्रसर र कंक्रिट बनाउने ठाउँ बनाइसकेको छ ।कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा निर्माण हुने ५० किलोमिटर सडकका लागि बुटवल(कोठीनदी खण्डको सात अर्ब ८९ करोड र कोठीनदी(गोरूसिङ्गे खण्डको ५ अर्ब ६६ करोड रुपैयाँमा सम्झौता भएको छ । यो सडक विस्तारका लागि विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ । पचास किलोमिटर सडक अन्तर्गत कपिलवस्तुतर्फको सालझण्डी(पिपरा र वनगाई(गोरूसिङ्गेसम्म करिब २० किलोमिटर जंगल क्षेत्र छ । जंगल क्षेत्रमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation