बुटवल,१५ साउन । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल, वर्ष २०२६/२०२७ रिजन १५ अन्तर्गत रहेका क्लबहरुकोको शपथ ग्रहण तथा पदस्थापन समारोह शुक्रबार बुटवलमा सम्पन्न भएको छ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल का डिष्ट्रिक्ट गर्भनर सदिप कसौधन को प्रमुख आथित्यमा सम्पन्न भएको थियो । डिष्ट्रिक्ट गर्भनर कसौधनले लायन्स क्लबहरुका नवनिर्वाचित तथा पदाधिकारीहरूलाई आफ्नो पद तथा गोपनियता र जिम्मेवारीप्रति प्रतिबद्ध र शपथ ग्रहण गराएका थिए। गर्भनर कसौधनलेनयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सामाजिक सेवाका गतिविधिलाई अझ प्रभावकारी र जनमुखी बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्नेमा बाताए ।
रिजन चेयरपर्सन सुशिला आचार्यको अध्यक्षमा सम्पन्न कार्यक्रममा जोन ३१ का जोन चेयरपर्सन विशाल पन्थी तथा जोन ३२ का जोन चेयरपर्सन मोति काफ्ले नेतृत्वमा रहेका क्लबका नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ गराई पदस्थापन गरिएको थियो।
कार्यक्रममा लायन्स क्लब अफ बुटवल शान्तिदीप,लायन्स क्लब अफ बुटवल बेलबास सृजनशील, लायन्स क्लब अफ बुटवल बेस्ट, लायन्स क्लब अफ बुटवल युथ, लायन्स क्लब अफ बुटवल लोटस, लायन्स क्लब अफ बुटवल कृएटिभ तथा लायन्स क्लब अफ बुटवल जितगढी किल्लाका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूको पदस्थापन गरिएको थियो।
एसियन होटल बुटवल–कालिकानगरमा सम्पन्न कार्यक्रममा लायन्सका पदाधिकारी, विभिन्न क्लबका अध्यक्षहरु र सदस्यहरु उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा एरिया लिडर लायन अरुण प्रताप राणा ,प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर मीना पन्थी,पीडीजी अर्जुनमान शैजु, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर अर्चित श्रेष्ठ,पुरुसोत्तम भक्त प्रधानाङ्ग,डिस्ट्रिक्ट सचिव आशिष कृष्ण श्रेष्ठ,डिस्ट्रिक्ट कोषध्यक्ष सुरेन्द्र घिमिरे लगाएत डिस्ट्रिक्ट पदाधिकारीको उपस्थीत रहेको थियो ।












