बुटवल,१५ साउन । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल, वर्ष २०२६/२०२७ अन्तर्गत रिजन ६ तथा जोन १२, जोन १३ को आयोजनामा विभिन्न लायन्स क्लबहरूको संयुक्त शपथ ग्रहण तथा पदस्थापन समारोह बुधबार बुटवलस्थित दियालो फुडल्याण्डमा सम्पन्न भएको छ।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराउनुका साथै नयाँ कार्यसमितिको औपचारिक पदस्थापन गरिएको थियो। कार्यक्रममा रिजन चेयरपर्सन देव बहादुर कुँवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। लायन्सका पदाधिकारीहरूले सेवाभाव, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाका कार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर सन्दिप कसौधन प्रमुख आतिथ्यतामा भएको थियो । गर्भनर कसौधनले मानवीय सहयोग तथा समुदायको हितमा गर्दै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा सेवा कार्यलाई अघि बढाउन नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए ।
समारोहमा लायन्स क्लब अफ बुटवल संसार, लायन्स क्लब अफ बुटवल एसियन, लायन्स क्लब अफ बुटवल इन्भाइरोमेन्ट, लायन्स क्लब अफ तिलोत्तमा, लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवी, लायन्स क्लब अफ बुटवल तिलोत्तमा, लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योति तथा लायन्स क्लब अफ बुटवल मखमली लगायतका क्लबहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा लायन्सका विभिन्न तहका पदाधिकारी, सदस्य, अतिथि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले लायन्सको मूल मन्त्र “We Serve” लाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा एरिया लिडर लायन अरुण प्रताप राणा ,प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर मीना पन्थी,पीडीजी अर्जुनमान शैजु, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर अर्चित श्रेष्ठ,पुरुसोत्तम भक्त प्रधानाङ्ग,डिस्ट्रिक्ट सचिव आशिष कृष्ण श्रेष्ठ,डिस्ट्रिक्ट कोषध्यक्ष सुरेन्द्र घिमिरे जोन १२ का जोन चियरपर्सन राजु पौडेल, जोन १३ का जोनचेयरपर्सन सरोज श्रेष्ठ लगाएत डिस्ट्रिक्ट पदाधिकारीको उपस्थीत रहेको थियो ।












