लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल, वर्ष २०२६/२०२७ अन्तर्गत रिजन–७ को आयोजनामा शपथग्रहण तथा पदस्थापन

  • बुटवल, १२ साउन । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल, वर्ष २०२६/२०२७ अन्तर्गत रिजन–७ को आयोजनामा शपथग्रहण तथा पदस्थापन समारोह सोमबार बुटबल एसियन पाटी प्यालेसमा सम्पन्न भएको छ।
    कार्यक्रमा रिजन चेयरपर्सन रामप्रसाद बेल्बासेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा जोन–१४ का जोन चेयरपर्सन गौरि अधिकारी तथा जोन–१५ का जोन चेयरपर्सन आबिस्कार खनालसहित विभिन्न लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
    कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर सन्दिप कसौधन प्रमुख आतिथ्यतामा भएको थियो । गर्भनर कसौधनले मानवीय सहयोग तथा समुदायको हितमा गर्दै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा सेवा कार्यलाई अघि बढाउन नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए। साथै सबै क्लबका पदाधिकारी एवम् सदस्यहरुलाई पदस्थापन गराए थिए । बिगत वर्ष भन्दा यो वर्ष अझौ उत्कृष्ट कार्य गर्न सबैलाई आग्रह गरे । शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक र मानवीय सेवाका साथै नेतृत्व विकासमा गरेको उत्कृष्र्ट कार्यहरुलाई तिव्रता दिन आग्रह गरे ।
    कार्यक्रममा लायन्स क्लब अफ बुटवल मेट्रोसिटी, लायन्स क्लब अफ बुटवल साइन्, लायन्स क्लब अफ तिलोत्तमा स्वाभिमान, लायन्स क्लब अफ बुटवल लाइट, लायन्स क्लब अफ बुटवल क्षितिज, लायन्स क्लब अफ बुटवल डायनामिक लेडिज, लायन्स क्लब अफ बुटवल हेल्पिङ ह्यान्ड्स र लायन्स क्लब अफ लुम्बिनी सिटी का नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई शपथग्रहण गराई पदस्थापन गरिएको थियो।
    कार्यक्रममा नि बर्तमान गर्भनर बालाराम भट्टराई प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर मीना पन्थी,पीडीजी अर्जुनमान शैजु, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर अर्चित श्रेष्ठ,पीडीजी महेन्द्र नारायण श्रेष्ठ,डिस्ट्रिक्ट सचिव आशिष कृष्ण श्रेष्ठ,डिस्ट्रिक्ट कोषध्यक्ष सुरेन्द्र घिमिरे लगाएत डिस्ट्रिक्ट पदाधिकारीको उपस्थीत रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation