बुटवल,९ साउन । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी, एरिया नं ३ अन्तर्गत रिजन ५ मा जोन ९ ,जोन १०,जोन ११ मा आबद्ध लायन्स क्लबहरूको शपथ ग्रहण तथा पदस्थापन समारोह सम्पन्न भएको छ। कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराउँदै आगामी कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गरिएको हो। शपथ ग्रहण समारोहमा कृष्ण प्रसाद आचार्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर सन्दिप कसौधनले नवनियुक्त तथा निर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराउँदै लायन्स अभियानलाई थप प्रभावकारी बनाउँदै सामाजिक सेवाका गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेका थिए । गभर्नर कसौधनले लायन्स क्लबले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा गर्दै आएको योगदानको चर्चा गर्दै आगामी दिनमा सेवामूलक कार्यक्रमलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए थिए।
कार्यक्रमा रिजन चेयपर्सन कृष्ण प्रसाद आचार्यले लायन्स नेतृत्वले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै ‘We Serve” को भावनाअनुरूप समाजसेवामा निरन्तर सक्रिय रहन आग्रह गरेका थिए। तेस्तै कार्यक्रममा प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर मीना पन्थी, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर अर्चित श्रेष्ठ, पीडीजी महेन्द्र नारायण श्रेष्ठ लगायत लायन्सका डिस्ट्रिक्ट विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमा लायन्स क्लब अफ बुटवल इलिट, लायन्स क्लब अफ बुटवल स्टार्स,लायन्स क्लब अफ बुटवल सिटी,लायन्स क्लब अफ बुटवल साइन्स
लायन्स क्लब अफ बुटवल बुद्धभूमि,लायन्स क्लब अफ बुटवल देउराली,लायन्स क्लब अफ बुटवल मणिमुकुन्द,लायन्स क्लब अफ बुटवल ग्रेस
लायन्स क्लब अफ बुटवल मालारानी, लायन्स क्लब अफ बुटवल फुलबारी,लायन्स क्लब अफ बुटवल लालीगुराँस,लायन्स क्लब अफ बुटवल मुक्तिनाथ,लायन्स क्लब अफ बुटवल रोजमेरी का सस्यहरुले शपथ ग्रहण गरेका थिए ।जोनचेयर पर्सन अरुण कुमार ज्ञवालीले कार्यक्रम सचालनमा भएको थियो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा ‘बाल तथा मातृत्व महिना’ विशेष कार्यक्रम अन्तर्गत नवजात शिशु र आमाहरूलाई न्यानो माया
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल, वर्ष २०२६/२०२७ अन्तर्गत रिजन–७ को आयोजनामा शपथग्रहण तथा पदस्थापन










