ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते

  • पर्वत ,२ साउन। पर्वत कुश्मा नगरपालिका-९ एकोहोरे पाठा स्थित दोबिल्ला ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु १ जना घाइते भएका छन् । कुश्माबाट साइकल चोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर शनिबार अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको थियो । गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा प्रदेश अस्पताल, कुश्मामा मृत्यु भएको हो मृत्यु हुनेमा ट्याक्टर चालक जिल्ला पर्वत, कुश्मा नगरपालिका-७ बस्ने अन्दाजी २८ वर्षीय सुजन नेपाली र जिल्ला पर्वत, कुश्मा नगरपालिका-९ साइकलचोक बस्ने अन्दाजी १४ वर्षीय शिशिर लामिछाने रहेका छन् । । घाइते भएका जिल्ला स्याङ्जा अर्जुनचौपारी गाउँपालिका-५ घर भई हाल जिल्ला कास्की, पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने २२ वर्षीय उदय सापकोटाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त ट्याक्टर घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation