काठमाडौँ,२९ जेठ। काभ्रेपलाञ्चोकस्थित बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा शुक्रबार दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो।
दुर्घटनामा चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विस्टले जानकारी दिए।












