काठमाडौँ,२७ जेठ । सर्वोच्च अदालतले सिराहामा परीक्षा सञ्चालनका क्रममा जफत गरिएका मोबाइल फोन र त्यसमा रहेका डाटा ९तथ्याङ्क० हरू नष्ट नगर्न अन्तरिम आदेश जारी गरेको छ ।सिराहा जिल्लाका परीक्षा केन्द्रहरूमा फेला परेका मोबाइल फोन प्रहरीद्वारा पानीमा डुबाएर नष्ट गरिएको भन्ने दाबीपछि सो विषय न्यायिक परीक्षणमा पुगेको हो। उक्त कार्यविरुद्ध अधिवक्ता अनिलकुमार साहसहितका निवेदकले अदालतमा निवेदन दर्ता गरेका थिए।
न्यायाधीश श्रीकान्त पौडेलको इजलासले मोबाइल फोन तथा त्यसभित्र रहेका डाटा सुरक्षित राख्न र नष्ट नगर्न गृह मन्त्रालयसहित सिराहा जिल्ला प्रशासन कार्यालयलाई आदेश जारी गरेको छ।
साथै, सम्बन्धित निकायले मोबाइल फोन र त्यसमा रहेका विवरण किन नष्ट गरियो भन्ने विषयमा स्पष्ट कारणसहित जवाफ पेश गर्न पनि अदालतले निर्देशन दिएको छ।












