रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) वर्ष २०२७/२८ को डिस्ट्रिक्ट रोट्रयाक्ट रिप्रेजेन्टेटिभ (डिआरआर) पदमा का लागि पोखराका गौरव सुबेदी निर्वाचित

  • बुटवल ,२० जेठ । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) का लागि रोटरी वर्ष २०२७/२८ को रोट्रयाक्ट डिस्ट्रिक्ट रिप्रेजेन्टेटिभ (डिआरआर) पदमा रोट्रयाक्ट क्लब अफ पोखराका पूर्व अध्यक्ष रोट्रयाक्टर गौरव सुबेदी आधिकारिक रूपमा निर्वाचित भएका छन्।
    गत वैशाख २५ र २६ गते चितवनमा सम्पन्न १८औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्सका क्रममा सम्पन्न निर्वाचन प्रक्रियामार्फत उनी उक्त पदमा निर्वाचित भएका थिए। निर्वाचनपछि निर्धारित २१ दिने आधिकारिक कूलिङ पिरियड पूरा भएसँगै उनको निर्वाचन औपचारिक रूपमा सुनिश्चित भएको हो।
    रोट्रयाक्ट यात्राको सुरुवात रोटरी वर्ष २०१६/१७ बाट गरेका सुबेदीले रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ अन्तर्गत विभिन्न जिम्मेवारीपूर्ण पदहरूमा रहेर नेतृत्व, व्यवस्थापन तथा सेवा क्षेत्रमा महत्वपूर्ण अनुभव हासिल गरेका छन्। संगठनभित्र उनको निरन्तर सक्रियता र प्रतिबद्धताले उनलाई एक सक्षम युवा नेतृत्वका रूपमा स्थापित गरेको छ।
    यसअघि उनले रोटरी वर्ष २०२२/२३ मा रोट्रयाक्ट क्लब अफ पोखराको अध्यक्षको रूपमा कार्य गर्दै क्लबको गतिविधि विस्तार, सदस्य संलग्नता अभिवृद्धि तथा विभिन्न सामाजिक सेवामूलक कार्यक्रमहरूको सफल नेतृत्व गरेका थिए। उक्त कार्यकाललाई क्लबभित्र प्रभावकारी नेतृत्वको उदाहरणका रूपमा लिइन्छ।

    रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) भित्र लामो समयदेखि सक्रिय रहँदै आएका सुबेदीले विभिन्न पद तथा जिम्मेवारीमा रहेर रोट्रयाक्ट अभियानलाई सशक्त बनाउन योगदान दिँदै आएका छन्। उनको नेतृत्व शैली, दूरदर्शी सोच र सेवाभावलाई ध्यानमा राख्दै रोटरी वर्ष २०२७/२८ का लागि रोट्रयाक्ट डिस्ट्रिक्ट रिप्रेजेन्टेटिभ (डिआरआर) जस्तो महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका हुन्।
    उनको आगामी कार्यकालले डिस्ट्रिक्टभरका रोट्रयाक्टरहरूलाई थप ऊर्जा, अवसर, समन्वय र प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ। रोट्रयाक्ट सदस्यहरूले नवनिर्वाचित डिआरआर गौरव सुबेदीलाई सफल, प्रभावकारी तथा उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation