उद्घाेषण तथा भाषणकला र माइन्यूट लेखनसम्बन्धि तालिम

  • पाल्पा ,१८ जेठ ।काम्लेटटरी सामुदायिक वन उपभाेक्ता समूह,तिनाउ-१,झिंगामारा,पाल्पाले आफ्ना उपभाेक्ताहरुका लागि उद्घाेषण तथा भाषणकला र माइन्यूट लेखनसम्बन्धि तालिम आईतवार सम्पन्न गरेकाे छ । तीन दिनसम्म सञ्चालित उक्त तालिममा सामाजिक अभियन्ताहरु दलबहादुर गुरुङ र बेनप्रसाद थापाले उद्घाेषण तथा भाषणकाे अर्थ,सञ्चालनका विधि एवम् प्रक्रिया,कुशल उद्घाेषक तथा वक्ताका विशेषता,गुण,बैठक, सञ्चालन पद्धति र माईन्यूट लेखनसम्बन्धि विषयवस्तुहरुमा सैद्धान्तिक एवम् प्रयाेगात्मक तवरले सहजीकरण गरेका थिए ।
    तालिम समापन कार्यक्रमका प्रमुख अतिथि तिनाउ गापा,वडा नं.१ का जनप्रतिनिधि यमबहादुर घर्तिले गाउँघरमा यस्ता खालका कार्यक्रम सञ्चालन गर्दा स्थानीयहरुले सहजै सिक्न पाउने र प्रभावकारी हुने बताए । सहभागीहरुले सिकेका विषयवस्तुहरुलाई जीवनाेपयाेगी शिक्षाका रुपमा ग्रहण गर्दै परिणाममुखी कार्यान्वयनमा प्रमुख अतिथि घर्तिले जाेड दिए ।
    उक्त समापन कार्यक्रममा सहभागीहरुका तर्फबाट भागिरथि न्याैपाने,तेजकुमारी तरामू,कुसुम थापा र संगीता सुस्लिङले तालिमका अनुभव र अनुभूति प्रकट गर्दै समीक्षात्मक टिप्पणी गरेका थिए । तीन दिनसम्म सञ्चालित उक्त तालिमले आफूहरुमा भाेक जगाएकाे र पुनर्ताजगी तालिमपछि थप ज्ञान,सीप हासिल हुने उल्लेख समेत गरे ।
    काम्लेटटरी सावउसका अध्यक्ष गुनबहादुर सुस्लिङकाे अध्यक्षतामा सम्पन्न उक्त समापन कार्यक्रमकाे सञ्चालन सिकारु सहभागी ईन्दिरा रानाले गरेकी थिईन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation