तेज ब्राण्डको तेल अखाद्य, बजारबाट फिर्ता लैजान विभागकाे निर्देश

  • रुपन्देही ,१४ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेज ब्राण्डको तोरीको तेल तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ । तेज ब्राण्डको तेल रुपन्देहीको गुरवानियास्थित सिद्धार्थ आयल इण्डस्ट्रिजले उत्पादन गर्छ । बजार अनुगमनको क्रममा गुणस्तर मापदण्ड पुरा नगरेको फेला परेपछि विभागले तेल फिर्ता लैजान भनेको हो । 
    विभागले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम तेलको नमूना संकलन गरेको थियो । नमूना प्रयोगशालामा परीक्षणका क्रममा न्यून गुणस्तर पाइएको विभागले जनाएको छ । विभागले उक्त ब्याचको तेल फिर्ता लैजान र बिक्री नगर्न निर्देशन दिएको छ ।
    भनिएको छ,‘उक्त ब्याच नम्बरका सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न साथै सोही दफाको उपदफा (४) बमोजिम बिक्री वितरण नगर्न–नगराउनुहुन ऐ.ऐनको दफा ३८(२) बमोजिम आदेश दिने अधिकारीको निर्देशानुसार सम्बन्धित उत्पादकलाई यो आदेश जारी गरिएको छ ।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation