डिडिसीको केन्द्रीय कार्यालयमा छापा : अनियमितता बारे सीआईबीको अनुसन्धान

  • काठमाडौँ,१३ जेठ । दुग्ध विकास संस्थान(डिडिसी) को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छापा मारेको छ । लैनचौरस्थित डिडिसीको कार्यालयमा बुधबार सिआइबीको टोली पुगेको सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए । डीडीसीको लैनचौरस्थित केन्द्रीय कार्यालयमा ब्यूरोले छापा मारेर दूध खरिदबिक्री सम्बन्धी कागजात, ५ कर्मचारीको मोबाइल र पछिल्लो ३ वर्षको निर्णय सम्बन्धी कागजात जफत गरेको छ ।
    उनका अनुसार डिडिसीसँग सम्बन्धित सूचनाका आधारमा प्रहरी टोली कार्यालयमा पुगेर केही कागजात नियन्त्रणमा लिएको हो ।
    “डिडिसीसँग सम्बन्धित केही सूचना आएको थियो । त्यसकै आधारमा प्रहरी टोली कार्यालय पुगेको हो । हामीले पत्र काटेर केही कागजात नियन्त्रणमा लिएका छौँ,” श्रेष्ठले भने । उनले अनुसन्धान जारी रहेको बताउँदै थप विवरण खुलाउन चाहेनन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation