बुटवल ,१५ भदौ । देशमा आइपरेको विषम तथा पीडादायी परिस्थितिमा मदीना मदरसा मस्जिद प्रबन्ध परिषद्, बुटवलद्धारा रु. ५ लाख २१ हजार ७ सय ८६ रुपैयाँ सहयोग गरेको छ । परिषद्ले आपसी चन्दा तथा सहयोगबाट संकलन गरेको उक्त रकम सोमबार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो ।
देश पिडामा परेको बेला आफ्नै दुःख सम्झेर सहयोग जुटाएको परिषदका अध्यक्ष हाजी सकुर मियाले बताए । इस्लाम धर्मले दुःखीको आँसु पुछ्न, विपदमा परेकालाई सहयोग गर्न र मानव सेवामा समर्पित हुन प्रेरित गर्ने भएकाले सोही धार्मिक भावना र देशप्रतिको जिम्मेवारीबोधका साथ सहयोग गरिएको उनले बताए ।
मुस्लिम समुदायका सदस्यहरुबाट चन्दा तथा सहयोगबाट परिषदले नया पिढिलाई आफनो संस्कार, संस्कृति सिकाउने र मदरसा शिक्षा प्रदान गर्दै आएको छ । यसैगरि वर्षेनी रक्तदान, सामाजिक सहयोग तथा अन्य विभिन्न सामाजिक गतिविधि समेत गर्दै आएको छ ।












