भैरहवा,१५ भदौ । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले देशमा आएको प्राकृतिक विपद्का प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापना कार्यमा थप सहयोग गर्दै रु. १,५५,००० (एक लाख पचपन्न हजार) रोटरी डिस्ट्रिक्ट ३२९२ को Disaster Relief Activity का लागि योगदान गरेको छ।
यसअघि पनि क्लबले भोटेकोशी लगायतका बाढी तथा विपद्बाट प्रभावित नागरिकहरूको राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २,०१,००० योगदान गरिसकेको थियो। साथ मा जाजरकोट को बाढी प्रभावित को लागी ३८,०००/- को सहयोग नी गॅरेको थियो!
क्लबले विगतमा पनि भूकम्प, कोभिड–१९ तथा अन्य प्राकृतिक विपद्का समयमा निरन्तर मानवीय सहयोग गर्दै आएको छ।
क्लब अध्यक्ष रोटेरियन गंगाधर भण्डारीले विपद्को कठिन समयमा पीडित नागरिकलाई सहयोग गर्नु रोटरीको मानवीय सेवाको महत्वपूर्ण दायित्व भएको बताउँदै क्लबका सदस्यहरूको एकताबद्ध प्रयास र उदार सहयोगप्रति आभार व्यक्त गर्नुभयो।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आगामी दिनमा पनि आवश्यकताअनुसार राहत, उद्धार तथा पुनःस्थापना अभियानमा सक्रिय सहभागिता जनाउँदै समुदायप्रतिको आफ्नो सेवाभावलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
“सेवा नै रोटरीको पहिचान हो—विपद्को समयमा सहयोग, आशा र साथ।”












