बुटवल,१३ साउन । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पी, नेपाल ले आज एलसिआइएफ एरिया लिडर अरुण प्रताप राणा लाई भव्य स्वागत तथा सम्मान गरिएको छ ।
बुटवलस्थित लायन्स डिष्ट्रिक्ट सचिवालयमा आयोजना गरिएको हो। कार्यक्रममा डिष्ट्रिक्टका विभिन्न पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा डिष्ट्रिक्ट गर्भनर सन्दिप कसौधनलले एलसिआइएफ एरिया लिडर अरुण प्रताप राणा लाई स्वागत तथा सम्मान गर्दै लायन्स डिष्ट्रिक्ट ३२५ पि का अभिभाक रुपमा देख्दा अत्यतै खुसि भएको बताए । लायन्सको अभियानमार्फत मानवीय सेवा, सामाजिक उत्तरदायित्व र समुदायको हितमा गरिने कार्यलाई थप प्रभावकारी बनाउने सेवामूलक अभियानलाई अझ सशक्त बनाउन आपसी सहकार्य र समन्वयमा जोड दिने बताए ।
सम्मान ग्रहण गर्दै एलसिआइएफ एरिया लिडर अरुण प्रताप राणाले अझ धेरै जिम्मेवारी र इमान्दारिताका साथ सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे । “आज संसारलाई पहिलेभन्दा बढी लायन्सको आवश्यकता छ, हामी केबल लायन्सका सदस्यमात्र होइन आशाका दूत बन्नेछौँ,” उनले भने, “यसको लागि म लायन्सको मूल्यमान्यतालाई आत्मसाथ गर्दै हाम्रो प्रभावलाई विस्तार गर्न र अझ बढी मानवताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गर्छु ।”उनले आफ्नो कार्यकालमा सदस्यता विकास र लायन्स फाउन्डेसनमा योगदान तथा सहभागिता वृद्धि गर्न ध्यान दिने जानकारी गराए । सम्मान कार्यक्रमा बोल्दै जति पनि लायनवादमा लागेका छौं, त्यसलाई व्यवहारिक रुपमा प्रस्तुत हुनु प्रत्येक लायनहरुको जिम्मेवारी हो । जुन जिम्मेवारी पूरा गरेर कार्यक्रममा सहभागी हुनुभएको छ, नेपालमा रहेका १५ वटा डिष्ट्रिक्टमध्ये डिष्ट्रिक्ट पि लाई उत्कृष्ट बनाउन योगदान पुगेको छ । यसैका कारण आज नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत डिष्ट्रिक्ट पि उत्कृष्ट डिष्ट्रिक्टका रुपमा सम्मानित हुँदै आएको छ । यसको पछाडि तपार्इं लायन र कुशल नेतृत्व भएकै कारण यो उपलब्धी पाइरहेका छौं बताए ।
कार्यक्रमा नि बर्तमान गर्भनर बालाराम भट्टराई ,पिडिजी अर्जुनमान शैजु,प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर मीना पन्थी, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर अर्चित श्रेष्ठ, पीडीजी पुरुसोत्तम भक्त प्रधानाङ्ग,डिस्ट्रिक्ट सचिव आशिष कृष्ण श्रेष्ठ,डिस्ट्रिक्ट कोषध्यक्ष सुरेन्द्र घिमिरे लगाएत डिस्ट्रिक्ट पदाधिकारीको उपस्थीत रहेको थियो ।












