गुरू–सम्मान” कार्यक्रम र क्याम्पस परिसरमा “वृक्षारोपण कार्यक्रम

  • मणिग्राम, १३ श्रावण । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसका २ फरक विद्यार्थी समूहले गुरूपूर्णिमाको अवसरमा आज (बुधबार) दुईवटा कार्यक्रम सम्पन्न गरेका छन् ।

    उनीहरूले त्यहाँका प्राध्यापकहरूका लागि “गुरू–सम्मान” कार्यक्रम र क्याम्पस परिसरमा “वृक्षारोपण कार्यक्रम” गरेका हुन् ।

    रोट¥याक्ट क्लब अफ राममणि मल्टिपल क्याम्पस र विद्यार्थी गुणस्तर समूहले आयोजना गरेका कार्यक्रमबीच प्राध्यापक तथा कर्मचारीहरूलाई पुष्पगुच्छा एवम् जलपान सहित सम्मानित गरिएको थियो ।

    विद्यार्थी गुणस्तर समूह बी.बी.एस. चौथो वर्षका संयोजक सुष्मिता ज्ञवालीको अध्यक्षतामा गुणस्तर समूहले सञ्चालन गरेको कार्यक्रम समापन भएको थियो ।

    त्यसैगरी, रोट¥याक्ट क्लब अफ राममणि मल्टिपल क्याम्पसका अध्यक्ष विष्णुप्रसाद डुम्रेको अध्यक्षतामा “गुरू–सम्मान” सहित “वृक्षारोपण कार्यक्रम” सम्पन्न गरिएको थियो । क्लबका भाइस प्रेसिडेण्ट निशा ढकालको सञ्चालनमा भएको कार्यक्रमसँगै वृक्षारोपण गरिएको थियो ।
    सो अवसरमा क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, प्राध्यापकहरू, कर्मचारी र विद्यार्थीले विभिन्न जातका विरूवा क्याम्पस परिसरमा रोपेका थिए ।

    दुवै विद्यार्थी समूहका कार्यक्रममा, क्याम्पस प्रमुख तारा प्रसाद पराजुुलीले विद्यार्थीलाई धन्यवाद ज्ञापन गर्दै उत्कृष्ट नतीजा प्राप्त गर्नेगरी अध्ययन गर्नु नै गुरूहरू र अभिभावकप्रति सच्चा सम्मान हुने बताउनुभयो ।

    कार्यक्रममा रोट¥याक्ट क्लब अफ राममणि मल्टिपल क्याम्पसका निवर्तमान अध्यक्ष पुष्पराज पन्थ, पूर्व अध्यक्ष रमेश लम्साल लगायतको उपस्थिति रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation