लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल, रिजन–९ अन्तर्गत शपथग्रहण तथा पदस्थापन समारोह सम्पन्न

  • बुटवल, ९ साउन । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल, वर्ष २०२६/२०२७ अन्तर्गत रिजन–९ को आयोजनामा शपथग्रहण तथा पदस्थापन समारोह शनिबार –८, देवदह ५ खैरनीस्थित पाठक फुडल्याण्डमा सम्पन्न भएको छ।
    कार्यक्रमा रिजन चेयरपर्सन कमल पौडेल को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा जोन–१८ का जोन चेयरपर्सन माधव आचार्य तथा जोन–१९ का जोन चेयरपर्सन रमेश कुमार श्रेष्ठ सहित विभिन्न लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
    कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर सन्दिप कसौधनप्रमुख आतिथ्यतामा भएको थियो । गर्भनर कसौधनले सबै क्लबका पदाधिकारी एवम् सदस्यहरुलाई पदस्थापन गराए । वर्ष जस्तै यो वर्ष पनि उत्कृष्ट कार्य गर्न सबैलाई आग्रह गरे । शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक र मानवीय सेवाका साथै नेतृत्व विकासमा गरेको उत्कृष्र्ट कार्यहरुलाई तिव्रता दिन आग्रह गरे ।
    कार्यक्रममा लायन्स क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह पाकरी वृक्ष, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ, लायन्स क्लब अफ देवदह युनाइटेड, लायन्स क्लब अफ सुनवल, लायन्स क्लब अफ नलपरासी दाउन्रे र लायन्स क्लब अफ नवलपरासी बर्दघाट का नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई शपथग्रहण गराई पदस्थापन गरिएको थियो।
    कार्यक्रममा प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर मीना पन्थीले कार्यकालको शुभकामना दिँदै ‘We Serve” लाई आत्मसात गर्दै सामाजिक सेवा, मानवीय सहयोग, स्वास्थ्य, शिक्षा तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न सबै सदस्यहरूलाई आग्रह गरेकी थिइन।
    पीडीजी अर्जुनमान शैजु, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर अर्चित श्रेष्ठ,पीडीजी महेन्द्र नारायण श्रेष्ठ,डिस्ट्रिक्ट सचिव आशिष कृष्ण श्रेष्ठ,डिस्ट्रिक्ट कोषध्यक्ष सुरेन्द्र घिमिरे लगाएत डिस्ट्रिक्ट पदाधिकारीको उपस्थीत रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation