कालिकामा रामायण वाचन प्रतियोगिता सम्पन्न

  • बुटवल ,२९ असार । बुटवल -१०, रुपन्देहीमा अवस्थित नेपालकै सबैभन्दा ठूलो विद्यालय कालिका मानवज्ञान मा. वि. मा २१२ औँ भानु जयन्तीको अवसरमा रामायणवाचन कार्यक्रम सम्पन्न भएको छ। नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व एवं आदिकवि भानुभक्त आचार्यको सम्झनामा आयोजना गरिएको उक्त कार्यक्रम अतिरिक्त क्रियाकलाप प्रमुख विवेकराज पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रम कक्षा १२ व्यवस्थापन समूहका विद्यार्थी रोशन सिन्जाली मगरले सञ्चालन गरेका थिए। विद्यालयका प्राचार्य दिनेश थापाको प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रममा १६ जना विद्यार्थीहरूले रामायणवाचनमा भाग लिएका थिए। जुन कार्यक्रममा निर्णायकको रूपमा शिक्षक त्रय ज्ञानेश्वर आचार्य, शालिकराम घिमिरे र मिरा पाण्डे रहेका थिए। कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडे, इन्चार्जहरू गुणाखर भट्टराई र राजु शर्माको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा प्रथम, द्वितीय र तृतीय क्रमश: कानुन समूहका विद्यार्थीहरू सिमाना न्यौपाने, पूजा सिग्देल र निश्चल भट्टराई भएका थिए। शिक्षक कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक दिनेश थापाले नेपाली भाषा साहित्यको श्रीवृद्धिमा भानुभक्त आचार्यको योगदान स्मरण गर्नुभयो। कार्यक्रमका विशिष्ट अतिथि विद्यालयका सहायक प्रधानाध्यापक पीताम्बर बन्जाडेले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्नुभयो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation