लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325 P अन्तर्गत एरिया नं. ३ को पदस्थापन तथा सम्मान

  • बुटवल,१६ असार । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325 P अन्तर्गत एरिया नं. ३ को पदस्थापन तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
    कार्यक्रमका सभापति तथा एरिया नं. ३ का एरिया चिफ लायन कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा डिस्ट्रिक्ट गभर्नर PMJF लायन बालाराम भट्टराई, विशिष्ट अतिथिका रूपमा इलेक्ट डिस्ट्रिक्ट गभर्नर MJF लायन सन्दीप कसौधन, इलेक्ट फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर MJF लायन मीना पन्थी, PMCC PMJF सुनिल ओझा इलेक्ट सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर MJF अर्चित श्रेष्ठ, PDG MJFअर्जुनमान सैंजु ,PDG PMJF नवराज न्यौपाने ,PDG MJF महेन्द्रनारायण श्रेष्ठ रहनु भएको थियोे ।
    विभिन्न डिस्ट्रिक्ट पदाधिकारी, एरिया चिफ, जोन तथा रिजन चेयरपर्सन, क्लब अध्यक्ष एवं लायन्स सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
    कार्यक्रममा लायन वर्ष २०२६–२०२७ का लागि निर्वाचित क्लब अध्यक्ष, मनोनीत जोन चेयरपर्सन, रिजन चेयरपर्सन, एरिया चिफ, एरिया टिम तथा विभिन्न डिस्ट्रिक्ट पदाधिकारीहरूलाई सम्मान गरिएको थियो। साथै लायन वर्ष २०२५–२०२६ मा उत्कृष्ट योगदान पुर्‍याउने क्लब अध्यक्ष, जोन तथा रिजन चेयरपर्सन, GAT टिम, डिस्ट्रिक्ट एड्भाइजर, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका सहयोगी व्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
    कार्यक्रममा एरिया नं. ३ अन्तर्गतका क्लबहरूले वर्षभरि सञ्चालन गरेका सामाजिक सेवामूलक गतिविधिको भिडियो प्रस्तुति गरिएको थियो। सांस्कृतिक नृत्य, मिर्गौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण तथा डिस्ट्रिक्ट सचिवालय निर्माणका लागि सहयोग रकम हस्तान्तरणलगायतका कार्यक्रम पनि सम्पन्न भएका थिए।
    वक्ताहरूले लायन्सको मूल मन्त्र “We Serve” लाई आत्मसात् गर्दै समाजसेवा, नेतृत्व विकास, मानवीय सेवा तथा संस्थागत एकतालाई थप सुदृढ बनाउँदै आगामी वर्ष अझ प्रभावकारी सेवा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
    कार्यक्रमको सञ्चालन एरिया नं. ३ का एरिया सचिव एन्जिल खान गर्नुभएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation