प्युठान ,१३ असार । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर दुर्घटना परी मृत्यु भएको छ ।
उपमेयर मिनराज राना मगरले आफैले चलाएको गाडी झन्डै ३०० मिटर भन्दा मुनि पुगेर रूखमा अड्किएको अवस्थामा फेला परेको खबर स्थानीयले दिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश ज्ञवालीले बताए। शनिबार बेलुकी पौने ५ बजेतिर उपमेयर मगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी –२ बाङ्गेशालमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।












