मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

  • बुटवल ,३ असार । कसौधन युवा समिति र कसौधन महिला समितिको संयुक्त आयोजनामा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

    कार्यक्रमको संयुक्त अध्यक्षता कसौधन युवा समितिका अध्यक्ष श्री इन्द्रजित कसौधन तथा कसौधन महिला समितिकी अध्यक्ष श्रीमती आशा कसौधनले गर्नुभएको थियो। कार्यक्रममा कसौधन सेवा समितिका संस्थापक अध्यक्ष श्री जवाहरलाल कसौधन, वर्तमान अध्यक्ष श्री राधेश्याम कसौधन, पूर्व अध्यक्ष तथा संरक्षक श्री अशोक कुमार कसौधन, युवा समितिका पूर्व अध्यक्षहरू, महिला समितिका पूर्व अध्यक्षहरू तथा विभिन्न पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमका मुख्य प्रशिक्षक शुभश्री अटिजम सेन्टरकी बिन्दु अर्याल र प्रियंका अधिकारी रहनुभएको थियो। उहाँहरूले मानसिक तनाव (Stress), चिन्ता (Anxiety) तथा मानसिक स्वास्थ्यको महत्त्वबारे विस्तृत जानकारी दिँदै स्वस्थ मानसिक अवस्था कायम राख्न अपनाउनुपर्ने उपाय र यसबाट व्यक्ति, परिवार तथा समाजमा पर्ने सकारात्मक प्रभावबारे प्रशिक्षण प्रदान गर्नुभयो।

    सो अवसरमा बोल्दै कसौधन सेवा समितिका अध्यक्ष श्री राधेश्याम कसौधनले मानसिक स्वास्थ्यको संरक्षण र प्रवर्द्धनले व्यक्तिको समग्र जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। त्यसैगरी, संस्थापक अध्यक्ष श्री जवाहरलाल कसौधनले शुभश्री अटिजम सेन्टर तथा मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत संस्थाहरूलाई आवश्यक सहयोग र साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रमको संयोजन राहुल कसौधनले गर्नुभएको थियो। सो कार्यक्रम कसौधन युवा समितिका सचिव अमन कसोधनज्यूले सञ्चालन गर्नुभएको थियो।

    सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले समाजमा मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation