३१ लाख ५१ हजार रुपैयाँ बराबरका विदेशी मुद्रासहित २ बंगलादेशी पक्राउ

  • काठमाडौँ। ३१ लाख ५१ हजार रुपैयाँ बराबरका विदेशी मुद्रासहित २ बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
    बाटिक एयरको उडानबाट काठमाडौँबाट मलेसिया जान लागेका बंगललादेशी नागरिकबाट उक्त मुद्राहरू बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।अवैध विदेशी मुद्रासहित प्रहरीले मोहम्मद इन्ताज अली र एमडी जाकिर होसेनलाई पक्राउ गरेको हो ।उीहरूबाट मलेसियन रिंगेट, अमेरिकन डलर, नेपाली रुपैयाँ गरी ३१ लाख ५१ हजार रुपैयाँ बराबर बरामद भएको छ ।
    पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation