काठमाडौं ,४ जेठ । युवा, श्रम तथा रोजगार मन्त्रालयले कर्मचारी आचारसंहिता जारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट युवा, श्रम तथा रोजगार मन्त्रालय बनेपछि मन्त्रालय र मातहत निकायका कर्मचारीलाई आचारसंहिता जारी भएको हो ।
मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीको आचरणलाई निष्पक्ष, पारदर्शी, लोकतान्त्रिक एवम् सेवामूलक बनाई कार्यसम्पादन तथा सेवा प्रवाहमा प्रभावकारी ल्याउन आचारसंहिता जारी भएको मन्त्रालयले जनाएको छ ।नयाँ व्यवस्थाअनुसार कर्मचारीले सेवाग्राहीसँग शिष्ट र सम्मानजनक व्यवहार गर्नुपर्नेछ भने कुनै प्रकारको घुस, उपहार, सुविधा वा अनुचित लाभ स्वीकार गर्न नपाइने व्यवस्था गरिएको छ। पद तथा अधिकारको दुरुपयोग, व्यक्तिगत स्वार्थमा निर्णय प्रभावित पार्ने तथा सरकारी स्रोत(साधन निजी प्रयोजनमा प्रयोग गर्ने कार्यलाई पनि निषेध गरिएको छ। आचारसंहिताले कार्यालय अनुशासनसम्बन्धी व्यवस्था समेत स्पष्ट गरेको छ। कर्मचारीलाई कार्यालय समयको पूर्ण पालना गर्न, तोकिएको पोसाक प्रयोग गर्न तथा सहकर्मीसँग सहयोगात्मक व्यवहार कायम गर्न निर्देशन दिइएको छ। साथै सरकारी निर्णय, कागजात तथा सेवाग्राहीसँग सम्बन्धित संवेदनशील विवरण अनधिकृत रूपमा सार्वजनिक गर्न नपाइने उल्लेख गरिएको छ।
मन्त्रालय र मातहतका निकायहरुमा कार्यरत कर्मचारीहरु सम्बन्धी आचारसंहिता- 2083_3omog7r












