निर्माण व्यवसायीले देशभरका जिल्ला प्रशासन कार्यालयमा बुझाए ज्ञापनपत्र

  • भैरहवा,३१ वैशाख । पश्चिम एसियामा जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा भएको अत्यधिक मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएपछि नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलन गरेको छ। तैसे अन्र्तगत आज रुपन्देही जिल्ला लुम्बिनी निमार्ण ब्यवसायी संघ तर्फबाट जिल्ला प्रशासन कार्यालय,रुपन्देही प्रमुख जिल्ला अधिकारीज्यू मार्फत सम्माननीय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुग्ने गरी ज्ञापन पत्र बुझाइएको छ। इन्धन र निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण कार्य अगाडि बढाउन नसकिने परिस्थिति सिर्जना भएकोले नेपाल सरकार समक्ष मूल्य समायोजन र म्याद थप लगायतका मागहरू राखिएको छ।
    महासंघले तय गरेको पूर्व निर्धारित शान्तिपूर्ण विरोधका कार्यक्रम अनुसार बिहीबार केन्द्रमा एसोसिएट सदस्य समन्वय समितिको तर्फबाट सडक विभाग र उर्जा, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाइ ती विभागमा आधा घण्टा धर्ना दिइएको छ ।
    यसैबीच महासंघमा आबद्ध ७७ वटै जिल्ला निर्माण व्यवसायी संघले बिहीबार नै प्रमुख जिल्ला अधिकारी समक्ष जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइ शान्तिपूर्ण तवरमा आधा घण्टा धर्ना दिएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation