बुटवल,२६ बैशाख। आज राति सुदूरपश्चिम लगायत देशका तराई भू-भागको एक, दुई स्थानमा मेघगर्जन, चट्यांगसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी, बागमती, गण्डकी, लुम्बिनी, कोशी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागमा भने मध्यम वर्षाको सम्भावना छ । महाशाखाकाअनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।












