काठमाडौँ,२५ बैशाख । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले आफू चढ्दै आएको गाडी थोत्रो र इन्धन पनि बढी तेल खायो भनदै शुक्रबार फिर्ता गरेकी छन् । बालेन शाह नेतृत्वको नयाँ सरकार आएपछि उनले प्रयोग गर्दै आएको सरकारी सुविधा बापतको गाडी फिर्ता गरेको कार्की प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए। उनले धेरै तेल खाने गाडी सरकारलाई नै फिर्ता पठाइदिन सचिवालयलाई भनेको बताइएको छ। कार्कीले आफूले पूर्व प्रधान न्यायाधीश हुँदा सर्वोच्च अदालतबाट पाएको सरकारी गाडी नै उपलब्ध गराउन आग्रह सहित अहिले चढेको खर्चिलो गाडी भने फिर्ता गरेको रावलको भनाइ छ।












