नवलपुर ,१८ बैशाख । बिनयी त्रिवेणी गाउँपालिकामा अपाङ्गता पुनर्स्थापना समन्वय परिषद्, नवलपुरको आयोजनामा तथा गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिका स्तरीय अपाङ्गता पुनर्स्थापना समन्वय समिति गठन तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम परिषद्का अध्यक्ष सागर लुइटेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिकाकी उपाध्यक्ष भगवती वैदवारको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा ११ सदस्यीय गाउँपालिका स्तरीय अपाङ्गता पुनर्स्थापना समन्वय समिति गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा कबिराम राना (वडा नं. २, शारीरिक अपाङ्गता) चयन हुनुभएको छ। उपाध्यक्षमा धनिराम चौधरी (वडा नं. ७, दृष्टिविहीन), सचिवमा गीता चौहान (वडा नं. ४, शारीरिक), सहसचिवमा दुर्गा बि. ढेगा (न्यून दृष्टिविहीन) र कोषाध्यक्षमा संगीता सुनार (अभिभावक) चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा मिना पौडेल, पूर्ण बहादुर थापा, गुमिसरा बि.क., सिर्जना ठेगा मगर, पद्मा अधिकारी, सोनाम मिया र सावित्रा ढकाल चयन हुनुभएको छ। कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा समावेशी विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। 
यसैक्रममा हिजो गाउँपालिकाको वडा नं. १, २, ३, ४ र ५ मा आयोजित कार्यक्रममा विभिन्न प्रकारका अपाङ्गता भएका १०० भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो भने आज वडा नं. ६ र ७ मा सम्पन्न कार्यक्रममा करिब ७० जना अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो।












