सहयोगी टोल विकास संस्थाले चौथो साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

  • बुटवल,२८ चैत । सहयोगी टोल विकास संस्थाले चौथो साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खिलराज पाण्डेज्यूले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो र आफूले टोलहरूलाई नगरपालिकाबाट विभिन्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त विशिष्ट अतिथि कार्यपालिका सदस्य हेमा थामीले आफूले संस्थालाई आउँदा दिनहरूमा पनि सहयोग गर्दै आइरहेको र आफ्नो कार्यकालसम्म आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
    कार्यक्रमका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले आफू टोल संस्थामा अध्यक्ष भएदेखि विभिन्न कार्यक्रमहरू गर्दै आइरह महिलाहरूको पाठेघर क्यान्सर सम्बन्धी कार्यक्रम निःशुल्क गर्दै आइरहेको र टोलमा बत्तीहरू बाटोहरू कालोपत्रे गर्ने अनि खोलामा वारपार गर्न नसक्ने व्यक्तिहरूलाई संस्थाले मिलेर त्यहाँ बाइकसम्म हिँडाल्न मिल्ने बनाइदिएको जानकारी गराउनुभएको थियो। र ८१ सालमा एसीमा पास हुने भाइबहिनीहरूलाई चारजना भाइहरूलाई पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको थियो। जेष्ठ नागरिक बुवाआमाहरुलाई पनि सम्मान गरिएको थियो। संस्थाको सचिव जीवन भोषाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष राधा न्यौपानेले स्वागत गर्नुभएको थियो। संस्थाकी कोषाध्यक्ष सिर्जना अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। एक्कासी सालको एसीमा पास हुने भाइहरूको नाम नमस्कारले नवीन अर्याल सुरेश श्रेष्ठ अमर पौडेल जेष्ठ नागरिक बुवा आमाहरू चुरामढी न्यौपाने अमिस राणा टेकबहादुर थापा चन्द्रकान्त बस्याल टोलका देवी खनाल लोकबहादुर कुँवर रहनुभएको थियो। उहाँहरुलाई खादा र नगद पुरस्कारले र प्रमाणपत्रले सम्मान गरिएको थियो। टोलले यसरी सम्मान गरेकोमा बुवाहरूले खुसी व्यक्त गर्नुभएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation